जनता टाइम्स

२६ असार २०८०, मंगलवार १३:१९

९ वर्षीया बालिका बलात्कृत


झापा, २६ असार । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका–९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।