जनता टाइम्स

२६ असार २०८०, मंगलवार १८:५०

प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ


काठमाडौं, २६ असमर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रधानाध्यापकलाई १६ हजार रुपैयाँ घुससहित आज पक्राउ गरेको छ । काठमाडौंको गागलफेदीस्थित सिद्धि गणेश माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताल उक्त घुससहित पक्राउ पर्नुभएको हो ।

उनीहरूले शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारको टोली मंगलबार गागलफेदी पुगेको थियो । उनीहरूले १६ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गागलफेदी बसपार्कबाट अख्तियारको टोलीले पक्राउ गरेर हिरासतमा लिएको हो ।