काठमाडौं, २८ असार । चिनियाँ कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले शोक व्यक्त जारी गर्दै नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
साथै सो जियानचाओले शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गर्नुभएको छ । साथै चिनियाँ कम्युनिष्ट पार्टीले यस शोकको घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री प्रचण्डको दृढशक्तिको कामनासमेत गरेको छ । सीता दाहालको हिजो विहान एक अस्पतालमा निधन भएको थियो ।













प्रतिक्रिया दिनुहोस्