गणेश बस्नेत

२८ असार २०८०, बिहीबार १५:२१

बलात्कार आरोपमा दुईजना पक्राउ


काठमाडौं, २८ असार । बर्दिया र उदयपुरमा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको राजापुर नगरपालिका–४ भिमापुर घर भई गेरुवा गाउँपालिका(५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई पहरीले पक्राउ गरेको छ ।

बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका–६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।