काठमाडौं, २८ असार । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाउन आग्रह गर्नुभएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित मन्त्रालयत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले विभिन्न देशहरूसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गर्नुभएको हो । बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्यालले ‘नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि’ भन्ने राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री साउदले असंलग्न परराष्ट्र नीतिअनुसार नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकीलगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गरिरहेको बताउनुभयो । सबै देशसँग नेपालको सुमधुर रहेको दाबी गरेका उनले नेपालले परिपक्वताका साथ असंलग्न परराष्ट्र नीति अपनाएको बताउनुभयो । नेपालले गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने र मतदान गर्ने उहाँको भनाइ छ ।
कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाऔँ : मन्त्री साउद













प्रतिक्रिया दिनुहोस्