जनता टाइम्स

२९ असार २०८०, शुक्रबार ०७:५५

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौ, २९ असार । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४६ रूपैयाँ ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसामा खरिदबिक्री हुनेछ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ २५ पैसा र बिक्री दर १७२ रूपैयाँ ०३ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८९।८७ रुपैयाँ रहेको छ भने बिक्री दर ९०।२८ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०० रुपैयाँ ८ पैसामा कारोबार हुनेछ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ ३३ पैसा र बिक्रीदर १० रूपैयाँ ३८ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४।९२रुपैयाँ रहेको छ भने बिक्री दर ३५।८ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८।५५ रुपैयाँ रहेको छ भने बिक्री दर २८।६८ रुपैयाँमा कारोबार गर्न अनुमति दिएको छ ।