जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार ०८:०९

चेकजाँचमा रहेको प्रहरीमाथि नै पेस्तोल देखाएपछि…


बीरगञ्ज, भदौ १८ । नियमित चेकजाँचका क्रममा हतियार देखाएर भाग्न खोज्नेलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । वीरगञ्जस्थित वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमति चेकजाँचको क्रममा प्रहरीलाई हतियार देखाएर भाग्न खोज्नेलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका १६ का सन्तोष दासले प्रहरीलाई हतियार देखाई भाग्न खोजेपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो । उनको दायाँ खुट्टामा गोली लागेको छ । उनको साथबाट १७ राउन्ड गोली र हतियार बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा उनको उपचार भइरहको छ ।