जनता टाइम्स

३० असार २०८०, शनिबार १६:३१

महिलामा प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसको पोल्टामा


काठमाडौं, ३० असार । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ ।

पुलिसले एपीएफलाई २५–१२,२१–२५, २५–२३ र २५–१९ ले एपीएफलाई पराजित गरेको हो । पहिलो सेटमा सहज जित हात पारेको पुलिसले दोस्रो सेट भने एपीएफसँग पराजित भयो ।

तेस्रो सेट एपीएफले अग्रता लिए पनि जोगाउन नसक्दा २५–२३ मा पराजित हुन पुग्यो । चौथो सेटमा अग्रता बनाउँदै जित निकालेको हो । पुरुषतर्फको फाइनल पनि आजै हुनेछ ।