जनता टाइम्स

१ श्रावण २०८०, सोमबार १७:०१

गौशाला नगरपालिकाले गर्यो सर्वोच्च अदालतको आदेश अवज्ञा


महोत्तरी, १ साउन । गौशाला नगरपालिकाले अदालतको आदेश पालनामा अटेर गरेको छ । नगरसभा कार्यान्वयन नगर्न दिएको आदेशविपरित नगरले सोमबार नै नगरसभाको बन्दसत्र समापन गरेको हो । उपमेयर रेणु कुमारी महतोले १५ असारमा भएको नगरसभामाथि असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

उक्त रिटमाथि सुनुवाइ गर्दै २९ असारमो र्वोच्चले नगरसभाको नीति तथा कार्यक्रमलाई यथावत राखी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतको निमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भए पनि त्यसको अवज्ञा भएको छ ।

नगरप्रमुख दिपेन्द्र महतोले नगरलाई कुनै आधिकारिक पत्र प्राप्त नभएको हुनाले नीति तथा कार्यक्रमलाई औपचारिकता दिएको बताउनुभयो । ‘सामाजिक ञ्ंजालमा कसले के हाल्छ, हामीपछि लाग्न सक्दैनौँ । तर, हामीलाई अदालतले अहिलेसम्म औपचारिक पत्र पठाएको छैन,’ उहाँले भन्नुभयो, ‘अदालतले कार्यालयमा पत्र पठाएमा हामी निर्णय मान्न तयार हुनेछौँ ।’