जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार १२:१२

मापसे नगर्न आमाले सम्झाउँदा पोखरीमा हाम फालेर आत्महत्या


सप्तरी, भदौं १८ । राजविराज नगरपालिका ६ निवासी ३० वर्षीय अरुण मुखियाको पोखरीमा हाम फालेर आत्महत्या गरेका छन ।

मादक पदार्थ सेवन गरेका मुखियाले गएराती घरनजिकै रहेको पोखरीमा हाम फालेर आत्महत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका मुखियालाई आमाले गाली गरेको रिसमा पोखरीमा हाम फालेर डुबेका हुन्। मुखिया पोखरीमा हामफालेर डुबेको उनकै २८ वर्षीया श्रीमती पुनमदेवी मुखियाले फोनमार्फत प्रहरीलाई जानकारी गराएकी थिइन्।

खोजतलास गरी बुधबार बिहान पोखरीबाट शव निकालेको प्रनाउ मिश्रले जानकारी दिए। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।