बाजुरा, २ साउन । बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा फेला पर्नुभएको छ । ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जनाएको छ ।
उहाँ क्वाटर अगाडी कुर्सीमा बसी रहेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ ।
बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फका स्थायी कर्मचारी हो । लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय–समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्