काठमाडौं, ३ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
हिजो देखी सुरु भएको केन्द्रिय समितिको बैठकमा आजवाट केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाइ ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ बजे बोलाईएको छ ।
केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शिर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो । मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गर्नु भएसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राख्नुभएको थियो ।
त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।
त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिनुभएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्