जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १९:३८

एनआरएन अमेरिका निर्वाचन : यसकारण बनिन महिला संयोजकमा समाजसेवी सुनिता खत्रीको उम्मेदवारी


भर्जिनिया, बैशाख २०

भर्जिनिया कि महिला समाजसेवी सुनिता खत्रीले गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको महिला संयोजकमा उम्मेदवारी दिएकी छन ।

भर्जिनियालगायत बिभिन्न राज्यका नेपालीहरुले दवाव दिएपछि समाजसेवी खत्रीले महिला संयोजकमा मनोनयन पत्रदर्ता गरी सामाजिक संजालबाट सार्बजनिक गरेकी हुन । १९९८ देखि भर्जिनियाको लिजबर्ग शहरमा बस्दै आएकी खत्रीले नेपालमा रहँदा पेशा पत्रकारिता गर्नुका साथै हिमालयन बैंकमा ५ बर्ष काम गरेकी थिइन । उनी पढ्न बिद्यार्थी रुपमा अमेरिका आइपुगेकी हुन ।

खत्री अमेरिकाको डिसी महानगर स्थित अनेसास डिसी शाखाको कार्यकारी समिति सदस्य तथा डिसी नेपाली समाजमा पनि आबद्ध रहेकी छन । उनी सामाजिक सञ्जालमा आफ्नो कुरा राख्न त्यती मन नपराउनेमा पर्ने गरेकी छन । आफ्नो के अनुभव छ भन्ने जिज्ञाशा हुने हुँदा आफू सामाजिक संजालमा कुराहरु राखी प्रचार प्रसार गर्ने वर्गमा आफू नपर्ने भएकोले आफूले एनआरएनका कमि कमजोरीमा सुधार गर्दै आफूले के गर्न सक्छु भन्ने उद्देश्यले एनआरएन अमेरिकाको महिला संयोजक पदमा आफ्नो उम्मेदवारी दिएको उनले बताईन ।

‘महिलाहरुका थुप्रै समस्याहरु छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा उठान गर्नु पर्ने अनेक बिषय भएता पनि हाल मेरो प्राथमिकता भनेको महिलाहरुका मानसिक स्वास्थ्य रहेको छ,’ खत्रीले जनताटाइम्ससँग भनिन । उनले एनआरउनमा निर्वाचित भएपछि मानसिक स्वास्थ्य सम्बन्धि बिषयमा कुरा उठान गर्ने बताइन । यसको साथै महिलाहरुका शिक्षा सम्बन्धी केही योगदान गर्ने योजना रहेको बताईन ।

उनले भनिन, ‘महिलाहरु रोजगारीको लागि खाडी मुलुक जान्छन र त्यहाँ धेरैले दुःख पाएका समाचार हामी सुन्छौ । उनीहरुलाई उद्धार गरेर ल्याउनु पर्छ ।’ उनीहरुलाई त्यहा कमाउने आम्दानी भन्दा नेपालमै बसेर कुटिर उद्योग तथा आम्दानी हुने प्रकारका ब्यबसाय गर्न शिक्षा दिने तथा तालिम दिनुपर्नेमा उनको जोड थियो ।

नेपाल मात्र हैन, अन्य देशमा समेत महिला बेचबिखनको ठुलो समस्या रहकोले त्यसमा पनि काम गर्नु पर्ने अपरिहार्यता रहेकोले यही बिषय आफ्नो प्राथमिकता रहेको बताइन । एनआरएन अमेरिकाको महिला संयोजक पदमा आफ्नो उम्मेदवारी दिएकोले आफुलाई उक्त पदमा मतदान गर्न आग्रह समेत गरेकी छन ।

‘जे जिम्मेवारी प्राप्त हुन्छ, त्यसमा सधै कडा रुपमा काममा उभिने मेरो बानी रहेकोले एनआरएन अमेरिकामा पनि त्यही रुपमा काम गर्नेछु, सवैको साथ रहने छ र निर्वाचनमा बिजयी हुनेछु भन्ने अपेक्षा छ,’ खत्रीले भनिन ।