जनता टाइम्स

३ श्रावण २०८०, बुधबार १६:३९

५५ वर्षिया महिलालाई बलात्कार आरोपमा ३५ वर्षीय युवक पक्राउ


उदयपुर, ३ साउन । ५५ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–६ गडमे बस्ने ३५ वर्षीय जिवन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।