जनता टाइम्स

४ श्रावण २०८०, बिहीबार १७:१२

एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी


काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ । राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताउनुभयो ।

वास्तविक सुन निकाल्दिन आग्रह गरेपछि त्यसको प्रक्रिया अघि बढ्ने भन्दै उहाँले अहिले त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुन आउने जनाउनुभयो ।

अहिले केन्द्रिय बैंकले सुनको पोका जोखेर राखिसकेको छ । पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व अनुसन्धान विभागले केन्द्रिय बैंकलाई लेखी पठाउनुपर्दछ । र्ने आचार्यले बताउनुभयो ।