धनगढी, ५ साउन । कैलालीको गौरीगंगामा १८ वर्षीया किशोरीको शव फेला परेको छ । गौरीगंगा नगरपालिका–६ वनबेहडाका अर्जुन चौधरीकी छोरी अञ्जली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उहाँ हिजो ७ बजे आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) ले जनाएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन । अञ्जलीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्