जनता टाइम्स

५ श्रावण २०८०, शुक्रबार २०:१४

युवतीमाथि एसिड प्रहार गर्ने युवक पक्राउ


काठमाडौं, ५ साउन । युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन् । आज साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो ।

बेलुका पाँच बजेतिर विनपा–१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका–१० की अन्दाजी १७ वर्षीया सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

एसिड युवतीलाई हान्न खोजिएपछि निजलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेर घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।