जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार १६:४७

चिनिया विदेशमन्त्री वाङ आइतवार नेपाल आउने


काठमाडौं, भदौ १८

चीनका विदेश मन्त्री वाङ दुई दिने भ्रमणका लागि आइतवार नेपाल आउनु हुने भएको छ । उहा भदौ २२ गते पाकिस्तानको इस्लामावादबाट सिधै काठमाडौं आउने बताइएको छ । यद्यपी परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म भ्रमणको आधिकारीक जानकारी गराएको छैन ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको असोज अन्तिम साता हुने भनिएको नेपाल भ्रमणको तयारीका उहा काठमाडौं आउन लागेको बताइएको छ । दुई दिने भ्रमणका क्रममा मन्त्री वाङले राष्ट्रपति, प्रधानमन्त्रीसहित आफ्ना समकक्षी प्रदिप ज्ञवाली लगायतलाई भेट्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ । यसैगरी विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने पनि जनाईएको छ ।