जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार १७:४५

गगन थापालाई सांसद सुर्य पाठकको जवाफ : प्रधानमन्त्रीको स्वास्थ्यमा दलको अस्तित्व नखोजौं


काठमाडौं, भदौ १८

नेपाली कांग्रेसका सांसद गगन थापालाई नेपाल कम्युनिष्ट पार्टीका सांसद सुर्यप्रसाद पाठकले गतिलो जवाफ दिनु भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमाथी प्रश्न उठाउदै फेर्न सुझाव दिएका थापालाई संसदमै पाठकले गतिलो जवाफ दिनु भएको हो ।

सांसद पाठकले आफ्नो दलको अस्तित्व जोगाउन प्रधानमन्त्रीको स्वास्थ्यको कुरा उठाएको बताउनु भयो । ‘धेरै मानिस र शक्तिलाई के लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार ५ वर्ष चल्यो भने मुलुकले फड्को मार्नेछ, त्यतिबेला अफ्ना दलहरुको अस्तित्व धरापमा पर्ने त होइन भन्ने चिन्ता छ,’ उहाले अगाडी भन्नुभयो, ‘मेरो आग्रह के छ भने प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोजौं।’