काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाली सेनामाथि केही राजनीतिक दलबाट आक्रमण भएको बताउनुभएको छ ।
जारी कांग्रेस केन्द्रीय समिति बैठकमा उनले सत्ता नपाएपछि केही राजनीतिक दलबाट सेनामाथि आक्रमण गरेको बताउनुभएको हो ।
‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ उहाँले भन्नुभयो । आर्मीमाथि मात्र नभएर असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि पनि प्रहार गर्ने काम भइराखेको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्