जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १९:५३

वैदेशीक रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गरेको आरोपमा एक जना पक्राउ


काठमाडौं, ७ साउन । पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्‍चनपुरको कृष्णपुर नगरपालिका–२ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिनुभयो । जोशीले पोल्याण्ड पठाइदिन्छु भन्‍दै पटक–पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।