काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्नुभएको छ । मोरङ–३ बाट निर्वाचित सांसद शर्माले आज सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा लिखित निवेदन दिँदै साउन १० अगावै दलको बैठक बोलाउन माग गर्नुभएको हो ।
उहाँले एयरपोर्टबाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने देखिएकाले बैठक बोलाउन माग गरेको बताउनुभएको छ । यसअघि संसदीय समितिको बैठकमा सांसद शर्माले राजनीति नेतृत्वको संरक्षणबिना सुन तस्करी नहुने भन्दै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्