काठमाडौं, ८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय खाजा कार्यक्रम प्रभावकारी देखिएकाले पछिल्लो ५ वर्षमा चार गुणा बजेट बढाएको बताउनुभएको छ । खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय खाजा कार्यक्रममार्फत विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी देखिएकाले बजेट बढाउँदै लगिएको जानकारी गराउनुभयो ।
उहाँले यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको बताउनुभएको छ । उहाँले प्रचण्डले स्थानीय सरकारको क्षमतालाई पनि सुदृढ गर्दै निरन्तररूपमा उक्त कार्यक्रम कार्यान्वयन र अनुगमन गर्ने धारणा राख्दै खाद्य प्रणाली रूपान्तरणका लागि रणनीतिक योजना बनाएको जानकारी पनि गराउनुभयो । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार नेपालबाट जानुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्