काठमाडौं, ८ साउन । दुबईबाट नेपाल एयरलायन्सको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको ल्यापटप विमानमै छुटेको छ। ७ जुलाईमा दुबईबाट काठमाडौं आएका यात्रुले नेपाल एयरलायन्सको जहाजमा आफ्नो ल्यापटप छाड्नुभएको हो ।
यात्रुले ल्यापटप छुटेको लामो समयसम्म पनि सम्पर्क नगरेपछि एयरलायन्सले नै सामाजिक सञ्जालमार्फत ल्यापटप धनिलाई पमाणपत्रसहित सम्पर्कमा आउन आग्रह गरेको छ ।
आज एयरलायन्सले आफ्नो फेसबुक पेजमार्फत ७ जुलाईमा यात्रुको ल्यापटप फेला परेको जानकारी दिएको छ । ७ जुलाईमा नेपाल एयरलायन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका यात्रुको ल्यापटप छुटेको हो ।













प्रतिक्रिया दिनुहोस्