काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बन्ने आफ्नो प्रयास जारी नै रहने बताउनुभएको छ । केन्द्रीय कमिटी बैठकमा बोल्दै थापाले नेतृत्व परिवर्तनको विषयले नेपाली राजनीतिमा प्रवेश पाउनुपर्ने र आफू त्यसका लागि लागिपर्ने बताउनुभयो ।
उहाँले पहिलो प्रयास असफल भए पनि आफूले दोस्रो प्रयास गर्ने प्रस्ट पार्नुभयो ।
‘पहिलो प्रयासमा सफल भइनँ। मैले फेरि अर्को प्रयास गर्नै मिल्दैन ?’ उहाँले प्रश्न गर्नुभयो,‘अवश्य मिल्छ। पार्टीको विधानले, संसदको नियमले मिल्छ ।’ उहाँले आफू कर्ममा विश्वास गर्ने भन्दै संसदीय दलको नेता बन्न गाह्रो भए पनि प्रयास नछाड्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्