जनता टाइम्स

९ श्रावण २०८०, मंगलवार १३:५७

ममाथि मिडिया ट्रायल गरियो : आरजु राणा


काठमाडौं, ९ साउन । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले आफूमाथि मिडिया ट्रायल गरिएको गुनासो गर्नुभएको छ । जनकपुरधाममा आज कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि मिडिया ट्रायल भएको बताउनुभएको हो । उहाँले मिडियाबाट आफूमाथि आक्रमण भएको बताउनुभयो ।

‘कहिलेकाहीँ मिडियाबाट आक्रमण हुने आक्रमण आफूमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको बताउनुभएको उहाँले भन्नुभयो,‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिलेसमेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो ।’