जनता टाइम्स

९ श्रावण २०८०, मंगलवार १७:४२

जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते


पाँचथर, ९ साउन । पाँचथरको फिदिम नगरपालिका–२ सामदिनमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मेची राजमार्गस्थित सामदिनमा आज झापाको विर्तामोडबाट ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको हो ।

मृतकको पहिचान खुलिसकेको छैन । घाइते १३ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्था रहेका घाइते सविना विश्वकर्मा र मिना लिम्बूलाई थप उपचारका लागि झापा पठाइएको र बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।