काठमाडौं, भदौ १९
विश्वकप अन्तर्गत एशियाली छनौटमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । एशियाली छनोटको दोस्रो चरणको यात्रा पनि नेपालको यहीबाट सुरु हुदैछ । फिफा वरीयतामा नेपालभन्दा १० स्थानमाथि छ कुवेत । खेल नेपाली समय अनुसार राति पौने ११ बजे कुवेतको जावेर अल–अहमाद स्टेडियम हुनेछ।
खेलअघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक योहान कालिनले आफुहरुसँग भएको श्रोत र साधनलाई प्रयोग गर्दै प्रशिक्षण गरेकाले आफुहरुले गरेर देखाउने बताउनु भयो । कुवेतको घरेलु मैदानमा हुने प्रतियोगिताका लागि आफुहरु तयार रहेको नेपाल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले बताउनु भयो ।
कुवेत बलियो टोली भएपनि नेपाली टोलीले कडा परिश्रम गरेकाले प्रदर्शन पनि राम्रो हुनेमा उनी आशावादी छन् । यस्तै, नेपाली टोलीका कप्तान किरण चेम्जोङले कुवेतसँग मैत्रीपुर्ण खेल खेलिसकेकाले पनि भिडन्तका लागि प्रतिक्षामा रहेको बताउनु भयो । यस्तै कुवेतका मुख्य प्रशिक्षक रोमियो जोजाकले नेपाल राम्रो प्रतिस्पर्धी भएकाले यसको लागि आफुहरुले १३ महिना अघि देखि तयारी गरिरहेको बताउनु भयो ।
यसैबीच अस्वस्थ भएपछि स्ट्राइकर नवयुग श्रेष्ठले आजको खेलमा मैदान उत्रने छैनन् । नेपाललाई अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत समावेश समूह ‘बी’ मा ‘अन्डरडग’ मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्