जनता टाइम्स

१२ श्रावण २०८०, शुक्रबार ११:१०

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


काठमाडौं, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किनुभएको छ । सात दिने लामो इटली भ्रमणपछि प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश फर्किनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी त्यसतर्फ जानुभएको थियो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्नुभएको थियो ।

सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू बिच भेटबार्तासमेत भएको थियो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायतको सहभागिता रहेको थियो ।