जनता टाइम्स

१३ श्रावण २०८०, शनिबार १९:५४

बालुवाटारमा बस्यो माओवादी केन्द्रको पदाधिकारी बैठक


काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।

आगामी साउन १७ गतेदेखि बस्ने पार्टीको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको हो ।

बैठकले केन्द्रीय समिति बैठकको एजेण्डामा ठोस निर्णय भने गर्न सकेन ।बैठक फेरि भोलि दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।