जनता टाइम्स

१४ श्रावण २०८०, आईतवार १५:५९

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


झापा, १४ साउन । झापाको विर्तामोड नगरपालिका–६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाकै अर्जुनधारा नगरपालिका-११ का २८ वर्षीय पुकार केसी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रदेश १-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भइ पल्टिएको थियो ।