जनता टाइम्स

१४ श्रावण २०८०, आईतवार १८:४४

बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला


धनगढी, १४ साउन । कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ । जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो।

आइतबार शव फेला परेको प्रहरीले जनाएको छ । उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन् । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ ।