जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार १६:१९

कटुवा पेस्तोलसहित एकजना पक्राउ


मोरङ, १५ साउन । पथरी शनिश्चरे नगरपालिका–३ विकास टोल बस्ने ३२ वर्षीय राज कुमार तुम्बापोलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।