जनता टाइम्स

१७ श्रावण २०८०, बुधबार १८:२४

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ


विराटनगर, १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई आज साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनुभएको हो ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त हुनुभएको थापा सभामुखकोसमेत समर्थन लिएर मुख्यमन्त्री बन्नुभएको थियो ।

उक्त कदम संविधान विपरीत भन्दै सर्वोच्चले उहाँको नियुक्ति बदर गरिदिएको थियो । त्यसपछि मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उहाँको समर्थनमा थापा मुख्यमन्त्री बन्नुभएको थियो ।