जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार ०९:०२

अधिवक्ता पाण्डे रिहा, अभियन्ताहरू पनि छुटे


काठमाडौं, साउन १८। विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे शीतललाई सोधपुछपछि छाडिएको छ । अदालतले म्याद थप नगरेपछि पाण्डेलाई छाडिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौं लगेको थियो । तर पाण्डेले प्रमाण लोप गर्ने सम्भावना नभएको भन्दै म्याद थप गर्न अदालतले अस्वीकार गरेको थियो । प्रहरी स्रोतका अनुसार अदालतले टेलिभिजनमा बोलेको कुरा प्रमाणका रूपमा रहेकोले थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नभएको हो ।

अदालतले पक्राउ पूर्जी जारी गरेर पनि पक्राउ नगरेको भन्दै तामाङ, मगर समुदायका अभियन्ताले जिल्ला प्रहरी परिसरमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा पक्राऊ परेका ५१ जनालाई पनि प्रहरीले रिहाइ गरेको छ । टेकुमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका ५१ जना सबैलाई राति १० बजेर ५० मिनेट जाँदा रिहाइ गरिएको थियो । धर्नाबाट पक्राउ परेका चन्द्रवीर तुम्बापो, वीरबहादुर लामा, कुमार मोक्तान तामाङ, विज्ञान तामाङ, लालबहादुर तामाङ, सुमन तामाङ, बुद्धिलाल स्याङतान, चन्द्रकुमार श्रेष्ठ,, उमेश स्याङ्तान, जहर थेवे, जोन माताङ, निरुता मोक्तान, विश्व दोङ, बच्चु हिमांशुलगायत अभियन्ताहरु रिहाइ भएका हुन् ।