जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार १९:४४

त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


काठमाडौं, १८ साउन । त्रिभुवन विमानस्थलबाट एक लाख युआनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले ५८ वर्षीय होङ होङलाई युआनको १०० सय दरका एक हजार थान नोटसहित पक्राउ गरेको हो ।

होङ एयर चाइनाको विमानमार्फत चीनको छेन्दु प्रस्थान गर्ने तयारीमा रहेका ती नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।