जनता टाइम्स

१९ श्रावण २०८०, शुक्रबार १४:०७

जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ


लमजुङ, १९ साउन । मर्स्याङदी गाउँपालिका–९ डेरा गरी बस्ने सोही गाउँपालिका–३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही गाउँपालिका–३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।