काठमाडौं, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरेर उहाँले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी दिनुभएको हो । नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्यासको लिएको उहाँले घोषणा गर्नुभएको हो ।
उहाँले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास आफ्नो बिदाइ नभएर नयाँ यात्रा सुरुवात गरेको बताउनुभयो ।
घरेलु प्रतियोगिता पनि नखेल्ने घोषणा गर्नुभएको मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी–२० खेलमा एक हजार आठ सय दुई रन बनाउनुभएको छ । मल्लको सन् २००५ देखि यू–१५ टोलीबाट खेलयात्रा सुरु गर्नुभएको थियो । उहाँको अन्तिम खेल २०२३ मा जिम्बाबेको हरारे मैदानमा भएको आईसीसी विश्वकप छनोट अन्तर्गत आयरल्यान्डविरुद्धको खेल रह्यो ।
प्रतिक्रिया दिनुहोस्