जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार १९:१०

एटिएमबाट पैसा झिक्दै हुनुहुन्छ, रकमको सिमा घट्यो


काठमाडौं, भदौ १९

नेपाल राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरले नक्कली भिसा कार्ड बनाई विभिन्न बैंकको एटीएम कार्डमार्फत् करोडौं रुपैयाँ लुटेपनि राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो ।

राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा २० हजार रुपैयाँमात्रै निकाल्न सकिने जनाएको छ । यसअघि एक दिनमा १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्धारा हस्ताक्षर भएको निर्देशन अनुसार एटीएमबाट न्यूनतम ५०० रुपैयाँ मात्रै झिक्न मिल्छ ।