जनता टाइम्स

२२ श्रावण २०८०, सोमबार ०७:४२

आज नागढुंगा सुरुङको‘ब्रेक थ्रु’ हुदैँ, बिभागिय मन्त्री पुग्ने


काठमाडौं, २२ साउन । बहु प्रक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ ।

निमार्ण सुरु भएको झन्डै चार बर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।

अब ुब्रेक थुु गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकि रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।

सो ुब्रेक थुु हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैहुनुहुन्छ । उहाँको उपस्थितिमा सो ुब्रेक थुु गरिने छ ।

यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा(नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज ुब्रेक थुु गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।