काठमाडौं, साउन २३ । गएरातिदेखि अविरल वर्षाका आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्याएको छ । ललितपुरको च्यासलस्थित मनहरा खोलामा बाढी आउँदा एमालेको मुख्यालयमा बाढी पसेको उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो।
च्यासल जोड्ने पुल मुनिबाट पानी सहजरुपमा पास हुन नसक्दा पानी फर्किएको हो। एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घरलाई भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण नदि छेउमा रहेका वस्तीहरु डुवानमा परेका छन्। भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको हो। बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा रहेको बस्तीहरुमा बाढी पस्दा करौडौंको क्षति भएको छ।
काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्