जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार ०८:१३

अमेरिकी सांसद वाइडेनको निश्कर्ष : फेसबुकका सिइओ जुकरबर्गलाई जेल हाल्नुपर्छ


न्यूयोर्क, भदौ २० । अमेरिकी सांसद रान वाइडेनले फेसबुकका सिइओ मार्क जुकरबर्गलाई जेल हाल्नुपर्ने बताएका छन् । डेटा लिकको मामिलामा अमेरिकी नागरिकसँग धेरै पटक जुकरबर्गले झुट बोलिसकेको भन्दै वाइडेनले जेल हाल्नुपर्ने बताएका हुन । जुकरबर्गलाई व्यक्तिगत रूपमा पनि यसका लागि जिम्मेवार मानिनुपर्छ । उनले धेरै मानिसलाई दुःख पुर्‍याएका छन्, वाइडेनको पछिल्लो साता दिएको अन्तरवार्तामा भनेका छन ।

वाइडेनले २०१८ मा कंज्यूमर डेटा प्रोटेक्शन बिलको प्रस्ताव पेस गरेका थिए । यस अन्तर्गत फेडरल ट्रेड कमिसन ९एफटीसी० का उपभोक्ताको निजता उल्लङ्घन गर्ने कम्पनीका विरुद्ध कडा कारबाही गर्ने अधिकार प्राप्त हुनेछ । प्रस्तावमा दोषी कम्पनीका खिलाफ कारबाही गर्ने अधिकार प्राप्त हुनेछ भने दोषी कम्पनीका अधिकारी विरुद्ध २० वर्षको जेल सजाय तथा ५० लाख डलर जरिवाना भुक्तानी गनुपर्ने प्रावधान छ । जुलाईमा एफटीसीले फेसबुकमाथि ५ अरब डलरको जरिवाना लगाएको थियो । यो एफटीसीद्वारा कुनै पनि सूचना प्रविधि कम्पनीमाथि लगाएको अहिलेसम्मको सबैभन्दा ठुलो जरिवाना हो ।

एफटीसीले मार्च २०१८ मा प्राइभेसीको मामिलामा फेसबुकका विरुद्ध जाँच सुरु गरेको थियो । एफटीसीले भनेको छ, रिसर्च फर्म कैंब्रिज एनालिटिक्सले फेसबुकको ८।७ करोड प्रयोगकर्ताको निजी डेटा हासिल गरेको थियो । फेसबुकले यसबारेमा आफ्ना प्रयोगकर्तालाई जानकारी दिनुपर्थ्यो ।