कपिलवतु, २३ साउन । नेपाल स्वयंसेवक संघ वाणगंगा नगर कमिटीले सोमबार वाणगंगा नगरपालिका, पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्वयंसेवक संघ वाणगंगा नगर कमिटीको आयोजना र मायादेवी साझेदारी वन उपभोक्ता समुह, वैज्ञानिक वन व्यवास्थापन उपभोक्ता महासंघ नेपाल त्यसैगरी बुद्ध दर्शन कृषि महिला सहकारी संस्थाको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
‘स्वच्छ वायु, स्वच्छ जीवन तथा मुहान संरक्षणका लागि वृक्षारोपण’ भन्ने उद्देश्य ले कार्यक्रम सुरुवात भएको नेपाल स्वयंसेवक संघ वाणगंगा नगर अध्यक्ष सरिता देवी ढकालले बताउनुभयो । कार्यक्रममा नेपाल स्वयंसेवक संघको केन्द्रय अध्यक्ष खेमराज पौडेलले यो अभियान सोमबारदेखि नेपालका ७५३ पालिकाहरूमा एकैपटक सुरूवात भएको बताउँदै वृक्षारोपण गरिसकेपछि यसको संरक्षण गर्नु पनि हामी सबैको दायित्व रहेको बताउनुभयो ।
वृक्षारोपणमा बेल, अशोका, कपुर, तेजपत्ता, धुपी, राइखनियोलगायत विभिन्न जातका ३०० भन्दा धेरै विरुवाहरु रोपिएको थियो । ढकालको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा खेमराज पौडेल, वाणगंगा नगर उप–प्रमुख रिता कुमारी चौधरी, बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको अध्यक्ष रेनुसेन ठकुरी र नेपाल स्वयंसेवक संघको केन्द्रय सदस्य तथा अन्तराष्ट्रिय सम्पर्क समितिको संयोजक हेमन्त भुसालको उपस्थिति रहेको थियो ।
त्यस्तै मायादेवी साक्षेदारी, वनका अध्यक्ष दिनेश जैसवाल, कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष राम पौडेल, बुद्व दर्शन कृषि महिला सहकारीका अध्यक्ष कल्पना कुँवर, योजना समितिको केन्द्रीय सह–संयोजक बिना सुवेदी, पिपरा सामुदायीक अस्पतालका प्रमुख नरेन्द्र पोख्रेल, वडा नं. ४ का अध्यक्ष छबिलाल रेश्मी, वडा नं. १ का अध्यक्ष सन्जु सारुलगायत विभिन्न संघ सस्थामा आवद्ध रहेका सामाजिक व्यक्तिहरुकोसमेत उपस्थिती रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्