काठमाडौं, २६ साउन । राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति पौडेल, सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ । सो क्रममा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन भएका छलफल प्रयासबारे जानकारी लिनुभयो । भेटमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका सल्लाहकार अधिकारीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्