काठमाडौं, २६ साउन । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
आज म्याद थपका अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले हातपात गरेको जानकारी दिएका हुन् । ‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?’ बाहिरिने क्रममा शर्माले भने ।













प्रतिक्रिया दिनुहोस्