जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १३:४६

प्रधानमन्त्री ओलीको त्यो मुस्कान (फोटोफिचर)


काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी आज स्वदेश फर्कनुभयो । दुई साता लामो सिंगापुर बसाईपछि स्वदेसी भुमीमा पहिलो पाइला टेक्दा प्रधानमन्त्री ओलीको मुहारमा छुट्टै चमक आयो । बिमानस्थलमा ओर्लनसाथ उहाँले मुस्कानसहित सवैलाई अभिवादन गर्नुभयो ।

स्वागतका लागि पुग्नुभएका सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, संसदीय दलका उपनेता सुवास नेम्वाङ, मन्त्री, सांसद, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुखदेखि उहाँलाई अति माया गर्ने पार्टीका नेता कार्यकर्तासँग आँखा जुधाएर मुस्कानसहित अभिवादन गर्नुभयो । स्वदेश फर्कदा र स्वागतमा रहेका सवैसँग अभिवादन गरिरहँदा उहाको मुहारको चमक, स्वःस्फूर्तता देखिन्थ्यो ।

तस्विर : कृष्ण पौडेल, प्रधानमन्त्रीको सचिवालय