जनता टाइम्स

२७ श्रावण २०८०, शनिबार १४:५२

माधव नेपालमाथी अदालतको आदेश संसयपुर्ण छ : मन्त्री भुसाल


महोत्तरी, २७ साउन । एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपुर्ण भएको बताएका छन । अदालतले नहुने बिषयमा आदेश दिएको बताउदै कृषि तथा पशुपंक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक बिषयलाइ मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन रु भन्ने बिषयमा समेत प्रश्न उठेको बताउनुभयो ।

‘न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरुले अदालतको आदेश अस्वभाविक भएको बताईरहेको वेला हामीले त्यस्लाइ संसयको रुपमा लिएका छौ,’ मन्त्री भुसालले भने । यदपी छानविनलाइ आफ्नो पाटीले सदैव सहयोग गर्ने उहाँको भनाइ छ । अध्यक्ष माधव नेपाललाई अदालतले छानविन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको बताउनुभयो ।

अध्यक्ष नेपाल पुर्वनिर्धारित कार्यक्रम अनुसार नै बिदेश गएको बताउँदै भाग्यो या भगायो भन्नू प्रतिसोधपुर्ण भावना भएको जिकिर गर्नुभयो । ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि बताउनुभयो ।