काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को काण्ड दोहोरिइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु पर्ने बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सरकारको विरोध गर्ने सबैलाई तह लगाउन खोजिएको भन्दै सो कुरा बताउनुभएको हो ।
‘प्रधानमन्त्री यति नालायक अयोग्य सरकारको नेतृत्व गरिरहनु भएको छ। उहाँले आफैं राजीनामा दिनुपर्ने हो’, उहाँले भन्नुभयो, ‘गृहमन्त्री र अर्थमन्त्री राजीनामा नदिई कसरी पदमा बस्न सकेका हुन्र ? गृहमन्त्रीले जिम्मेवारी बिल्कुलै बहन नगरेर राष्ट्रिय झन्डा हल्लाएर हिँड्न अफ्ठेरो लाग्नुपर्ने हो ।’ प्रधानमन्त्री प्रचण्डका लागि यस्ता कुरा पाच्य भइसकेको पनि टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘बानी परेपछि घिन लाग्दैन, लाज लाग्दैन । नैतिकता भन्ने अलिकति पनि रहेनछ ।’













प्रतिक्रिया दिनुहोस्