काठमाडौं, साउन २८ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
‘हामीले एउटा मन्त्रालय छाड्ने र जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने भन्ने सहमति पार्टी बैठकमा भएको छ,’ बैठकपछि पार्टी सचिव दीनानाथ शर्माले भन्नुभयो, ‘सोही अनुसार मोदीजीलाई मन्त्रीबाट फिर्ता बोलाउने समझदारी भएको हो।’
प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएसँगै माओवादी नेताहरू बालुवाटारमा मन्त्री हेरफेरबारे छलफल गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्