जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार १५:१२

एसीसी अन्डर १९ क्रिकेट : श्रीलंकासामू नेपालले दियो १६० रनको चुनौती


काठमाडौं, भदौ २० । एसीसी यू–१९ एसिया कप अन्तरगत नेपालले श्रीलंकालाई १६० रनको सामान्य लक्ष्य दिएको छ । कोलम्बोस्थित आर प्रेमादासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

वर्षाको कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालकालागि ओपनर रित गौतमले अर्धशतकीय इनिङ्स खेले । रितले सर्वाधिक ५४ रन बनाउन ८५ बल खेल्दै ४ चौंका प्रहार गरे । त्यस्तै कप्तान रोहित कुमार पौडेलले ४७, हरि चौहानले १२ तथा राशिद खानले अविजित १५ रनको पारी खेले ।